Skip Navigation

DVD Ilustrado Multilíngue

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


 

Baixar Versão em PDF  O Que é PDF?
 

Capítulo 40   3 a 4 Meses (12 a 16 Semanas): Papilas Gustativas, Movimento de Mandíbula, Reflexo de Sucção, Percepção dos Primeiros Movimentos do Feto

११ र १२ हप्ताका बीचमा, फिटलको वजन झण्डै ६० प्रतिशतले बढ्छ ।

बार्हौं हप्तामा अन्त्य हुन्छ पहिलो तीन वा त्रैमासिक अवधि गर्भाधानको ।

मुखभित्र अब फरक किसिमका स्वाद चाख्ने ग्रन्थीले ढाकिन्छ ।
जन्मँदाका बखत, स्वाद चाख्ने ग्रन्थी हुन्छ जिब्रो र मुखको माथिल्लो भागमा मात्र ।

भित्री शरीरको चाल सुरु हुन्छ छिटोमा १२ हप्तामा र जारी रहन्छ करिब ६ हप्तासम्म ।

फिटल र नवजातबाट निस्कने पहिलो पदार्थलाइ मेकोनियम भनिन्छ । यो संकलित हुन्छ पाचन इञ्जाइमहरु, प्रोटिनहरु, र मृत कोषहरुबाट जसलाई पाचन क्षेत्रले निकालेको हुन्छ ।

१२ हप्तासम्ममा माथिल्लो अवयव शरीरको आकारको तुलनामा झण्डै अन्तिम चरणमा पुगेको हुन्छ । तल्लो अवयवले भने समय लिन्छ त्यसको अन्तिम चरणमा पुग्न ।

पिठ्युँ र टाउकोको माथिको भागलाई छाडेर, भ्रुणको पूरा शरीरले अब हलुका स्पर्शको प्रतिक्रिया देखाउँछ ।

लिंग आश्रित विकास विभिन्नताहरु पहिलो पटक देखापर्छ । उदाहरणका लागि, महिला भ्रुणहरुले बंगाराको चाल प्रदर्शन गर्छ बढी नियमित रुपमा पुरुषभन्दा ।

सुरुमा देखिने हट्ने प्रतिक्रियाको विपरीत, मुखनजिकैको उत्तेजनाले अब उत्पन्न गर्छ उत्तेजनाको कारकतर्फअगाडि बढी मुख खोल्ने । यस्तो प्रक्रियालाई रुटिङ रिफ्लेक्स भनिन्छ र यो जन्मपछि पनि जारी रहन्छ, यसले सहयोग गर्छ नवजात शिशुलाई आमाको दूधको मुण्टा खोज्न स्तनपानको क्रममा ।

अनुहार परिपक्व हुने क्रम जारी रहन्छ फ्याटले गालाको खाली ठाउँ भर्न सुरु गर्छ र दाँतको विकास सुरु हुन्छ ।

१५ हप्तासम्ममा, रगत निर्माण गर्ने स्टेम सेलहरु आइपुग्छन् र बोन म्यारोमा बढ्न थाल्छ । अधिकांश रक्तकोषको निर्माण यहाँ हुन्छ ।

६ हप्ताको भ्रुण चल्न थाल्ने भइसके पनि, गर्भवती महिलाले पेटमा बच्चा चलेको पहिलो अनुभव १४ देखि १८ हप्ताबीचमा गर्छ । पारम्परिक रुपमा, यो घटनालाई शिशुको तीब्र विकास भइरहेको रुपमा लिइन्छ ।