Skip Navigation

DVD Ilustrado Multilíngue

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


 

Baixar Versão em PDF  O Que é PDF?
 

Capítulo 1   Introdução

एककोषीय मानव भ्रुण (जाइगोट) गतिशील प्रक्रियाबाट एक खर्ब कोषीय वयस्क बन्नु शायद प्रकृति कै सबैभन्दा उल्लेखनीय घटना हो ।

अनुसन्धानकर्ताहरुले अहिले के पत्ता लगाएका छन् भने नियमित कार्यहरु जुन एउटा वयस्क शरीरले गर्छ त्यो गर्भावस्थामा नै प्रारम्भ भइसकेको हुन्छ - सामान्यतया जन्म हुनुभन्दा धेरै अगाडि नै ।

जन्म हुनुभन्दा अगाडिको विकास अवधि लाई तयारी समयको रुपमा बुझिने गरिएको छ जुन समयमा विकासोन्मुख मानवका लागि चाहिने थुप्रै ढाँचा प्राप्त हुन्छ, र जरुरी निकै सीपको अभ्यास हुन्छ जुन जन्मपछि बाँच्नका लागि आवश्यक हुन्छ ।

Capítulo 2   Terminologia

मानव गर्भावधि सामान्यतया कायम हुन्छ झण्डै ३८ हप्तासम्म गणना गर्ने हो भने निषेचन, वा गर्भाधानदेखि जन्मसम्मको अवधिलाई ।

निषेचनपछिका पहिला आठ हप्ताका क्रममा विकसित मानवलाई भ्रुण भनिन्छ यसको अर्थ "भित्रभित्रै बढिरहेको" भन्ने हुन्छ यो अवधिलाई भ्रुण अवधि पनि भनिन्छ यस क्रममा मुख्यतया निर्माण हुने गर्छ शरीरका मुख्य महत्वपूर्ण प्रणालीहरुको ।

आठ हप्ताको अवधि सकिएपछि गर्भावस्थाको अन्त्यसम्म, "विकास भइरहेको मानवलाई अंग्रेजीमा फिटस भनिन्छ" जसको अर्थ "जन्मन बाँकी सन्तान" हुन्छ । यो अवधि, जसलाई फिटल पिरियड भनिन्छ, मा शरीर ठूलो बन्छ र यसका प्रणालीहरुले काम थाल्छन् ।

सबै भ्रुण र फिटल उमेरहरुलाई यो कार्यक्रममा निषेचनपूर्वको अवधिका रुपमा उल्लेख गरिएको छ ।