| |
O Período Fetal (8 semanas até o Nascimento)
Capítulo 37 9 Semanas: Engole, Suspira e se Estica
|
| |
| यहाँबाट जन्म नभएसम्म
फिटल अवधि सुरु हुन्छ ।
|
| नौ हप्तासम्ममा,
बूढी औंला चुसाई सुरु हुन्छ
र फिटसले एम्नियोटिक
तरल पदार्थ निल्न सक्छ ।
|
| फिटसले कुनै वस्तु समात्नसमेत सक्छ,
टाउको अगाडि र पछाडि हल्लाउन,
बंगारा खोल्न बन्द गर्न, जिब्रो चलाउन,
सुस्केरा हाल्न र जीउ तन्काउन पनि सक्छ ।
नर्भ रिसेप्टरहरु अनुहार, हत्केला,
र पैतालामा रहेकाहरुले हलुका स्पर्श
महसूस गर्न सक्छन् ।
"पैतालामा हलुका
स्पर्शको प्रतिक्रियामा,"
फिटसले कम्मर र घुँडा मोड्छ
र खुट्टाका औंला खुम्च्याउन सक्छ ।
|
| परेला यतिबेला पूर्ण रुपमा बन्द हुन्छन् ।
|
| लारिन्क्समा, भोकल लिगामेन्ट्स देखापर्छ
जुन भोकल कर्डको विकासको
सुरुवातको संकेत हो ।
|
| महिला भ्रुणहरुमा,
गर्भाशय पहिचान गर्न सकिने हुन्छ
र अपरिपक्व प्रजनन कोषहरु,
जसलाई उगानिया भनिन्छ,
ले अण्डाशयभित्र
प्रतिलिपिहरु बनाइरहेको हुन्छ ।
बाह्य यौन अंगहरुले
आफूलाई छुट्याउन सकिने बनाउँछ
महिला हो कि पुरुष भनी ।
|
Capítulo 38 10 Semanas: Revira os olhos e Boceja, Unhas e Impressões Digitais
|
| |
| ९ र १० हप्ताको बीचमा तीब्र वृद्धिदरले
शरीरको वजन बढाउँछ
७५ प्रतिशतभन्दा बढी ।
|
| १० औं हप्तासम्ममा,
माथिल्लो परेलाको उत्तेजना
का कारण आँखा तलपट्टी
माथितल गर्न थाल्छ ।
फिटसले हाई गर्न थाल्छ र
अक्सर मुख खोल्ने, बन्द गर्ने गर्छ ।
|
| अधिकांश फिटसहरुले
दायाँ बूढीऔंला चुस्छन् ।
नाभिनाल भित्रका
आन्द्राभुँडीको एक भाग
पेटको खाली ठाउँमा फर्कन्छ ।
|
| अधिकांश हड्डीहरुमा
ओस्सिफिकेसन भइरहेको हुन्छ ।
|
| हात र खुट्टाका औंलाहरुमा
नङको विकास हुनथाल्छ ।
|
| विशिष्ट औंठा छाप निषेचनको
१० हप्तापछि देखापर्छ ।
यी नमूनाहरु जीवन भर
परिचयका लागि प्रयोग गर्न सकिन्छ ।
|
Capítulo 39 11 Semanas: Absorve Glicose e Água
|
| |
| ११ औं हप्तासम्ममा
नाक र ओठ पूर्ण रुपमा बनिसकेको हुन्छ ।
अरु अंगका भागहरु झैं,
यसको आकार पनि परिवर्तन
हुँदै जान्छ, प्रत्येक चरणमा
मानव जीवन चक्रको ।
|
| आन्द्राभुँडीले ग्लुकोज
र पानी सोस्न थाल्दछ
जुन फिटसले निलेको हुन्छ ।
|
| लिंग निर्धारण भइसकेको भए पनि
निषेचनको बेलामा नै,
बाह्य यौन अंग अब
छुट्याउन सकिन्छ
पुरुषको हो कि महिलाको भनी ।
|