| |
Capítulo 40 3 a 4 Meses (12 a 16 Semanas): Papilas Gustativas, Movimento de Mandíbula, Reflexo de Sucção, Percepção dos Primeiros Movimentos do Feto
|
| |
| ११ र १२ हप्ताका बीचमा,
फिटलको वजन झण्डै ६० प्रतिशतले बढ्छ ।
बार्हौं हप्तामा अन्त्य हुन्छ पहिलो तीन
वा त्रैमासिक अवधि गर्भाधानको ।
|
| मुखभित्र अब फरक किसिमका
स्वाद चाख्ने ग्रन्थीले ढाकिन्छ ।
|
| जन्मँदाका बखत,
स्वाद चाख्ने ग्रन्थी हुन्छ
जिब्रो र मुखको माथिल्लो भागमा मात्र ।
|
| भित्री शरीरको चाल
सुरु हुन्छ छिटोमा १२ हप्तामा
र जारी रहन्छ करिब ६ हप्तासम्म ।
फिटल र नवजातबाट
निस्कने पहिलो पदार्थलाइ
मेकोनियम भनिन्छ ।
यो संकलित हुन्छ
पाचन इञ्जाइमहरु,
प्रोटिनहरु, र मृत कोषहरुबाट
जसलाई पाचन क्षेत्रले निकालेको हुन्छ ।
|
| १२ हप्तासम्ममा माथिल्लो अवयव
शरीरको आकारको तुलनामा
झण्डै अन्तिम चरणमा पुगेको हुन्छ ।
तल्लो अवयवले भने समय लिन्छ
त्यसको अन्तिम चरणमा पुग्न ।
|
| पिठ्युँ र टाउकोको माथिको भागलाई छाडेर,
भ्रुणको पूरा शरीरले अब
हलुका स्पर्शको प्रतिक्रिया देखाउँछ ।
|
| लिंग आश्रित विकास विभिन्नताहरु
पहिलो पटक देखापर्छ ।
उदाहरणका लागि, महिला भ्रुणहरुले
बंगाराको चाल प्रदर्शन गर्छ
बढी नियमित रुपमा पुरुषभन्दा ।
|
| सुरुमा देखिने हट्ने प्रतिक्रियाको विपरीत,
मुखनजिकैको उत्तेजनाले अब उत्पन्न गर्छ
उत्तेजनाको कारकतर्फअगाडि
बढी मुख खोल्ने ।
यस्तो प्रक्रियालाई
रुटिङ रिफ्लेक्स भनिन्छ
र यो जन्मपछि पनि जारी रहन्छ,
यसले सहयोग गर्छ नवजात शिशुलाई
आमाको दूधको मुण्टा खोज्न
स्तनपानको क्रममा ।
|
| अनुहार परिपक्व हुने क्रम जारी रहन्छ
फ्याटले गालाको खाली ठाउँ भर्न सुरु गर्छ
र दाँतको विकास सुरु हुन्छ ।
|
| १५ हप्तासम्ममा, रगत निर्माण गर्ने
स्टेम सेलहरु आइपुग्छन्
र बोन म्यारोमा बढ्न थाल्छ ।
अधिकांश रक्तकोषको निर्माण यहाँ हुन्छ ।
|
| ६ हप्ताको भ्रुण चल्न थाल्ने भइसके पनि,
गर्भवती महिलाले पेटमा
बच्चा चलेको पहिलो अनुभव
१४ देखि १८ हप्ताबीचमा गर्छ ।
पारम्परिक रुपमा, यो घटनालाई शिशुको
तीब्र विकास भइरहेको रुपमा लिइन्छ ।
|