| |
Capítulo 43 5 a 6 Meses (20 a 24 Semanas): Responde ao Som; Cabelo e Pele; Idade de Viabilidade
|
| |
| २४ हप्तासम्ममा परेलाहरु पुनः खुल्छन्
र फिटसले झस्कन्दा आँखा झिम्क्याउने
प्रतिक्रिया देखाउँछन् ।
अकस्मात्, ठूला आवाजहरु
आउँदा हुने यस्तो प्रतिक्रिया
सामान्यतया महिला भ्रुणमा
छिटो विकास हुन्छ ।
|
| धेरै अनुसन्धानकर्ताहरुको प्रतिवेदन
अनुसार तीब्र आवाज
ले फिटलको स्वास्थ्यमा
नराम्रो असर पार्नसक्छ ।
तत्कालको बेफाइदामा
समावेश हुन्छ
लामो समयसम्म मुटुको धड्कन बढ्नु,
फिटलले अत्यधिक निल्नु
र अकस्मात् व्यावहारिक परिवर्तन ।
संभावित दीर्घकालीन बेफाइदामा
श्रवण शक्ति गुम्ने हुनसक्छ ।
|
| फिटलको श्वासप्रश्वास दर बढेर बढीमा
प्रति मिनेट ४४ श्वास
तान्ने- छाड्ने चक्रमा हुन्छ ।
|
| गर्भाधानको तेस्रो त्रिमेस्टरका क्रममा,
मस्तिष्क विकासको तीब्र क्रमले
खपत गर्छ ५० प्रतिशत भन्दा बढी उर्जा
फिटसले प्रयोग गर्ने
मस्तिष्कको वजन ४०० देखि
५०० प्रतिशतको बीचमा बढ्छ ।
|
| २६ हप्तासम्ममा
आँखाले आँसु उत्पादन गर्छ ।
आँखाका नानीले छिटोमा २७ हप्तामा
प्रकाशको प्रतिक्रिया देखाउन थाल्छ ।
यो प्रतिक्रियाले नियमित गर्छ
प्रकाशको स्तर
रेटिनामा पुग्ने जीवन भरका लागि ।
|
| चाहिने सबै भाग
संवेदना र सुँघ्नका लागि, सक्रिय हुन्छन् ।
समय नपुगेका शिशुहरुको अध्ययनले
उनीहरुमा वासना सुँघ्ने
शक्ति रहेको देखाउँछ
छिटोमा निषेचनको २६ हप्तामा नै ।
एम्नियोटिक तरल पदार्थका
मिठा पदार्थ राख्दा
फिटलको निल्ने प्रक्रिया छिटो हुन्छ
त्यसको विपरीत,
फिटलको निल्ने प्रक्रिया घट्छ
तीतो पदार्थ राख्दा ।
अनुहारका परिवर्तित भावना
बेलाबेलामा देखिन्छ ।
|
| हिँडाइजस्तो खुट्टाको चालका
शृङ्खलाहरुबाट
फिटस अगाडि बढ्छ ।
|
| फिटस कम चाउरी परेको देखिन्छ
थप फ्याट छालामुनि जम्मा हुँदै जाँदा ।
फ्याटले महत्वपूर्ण भूमिका खेल्छ
शरीरको तापक्रम कायम राख्न
त्यसैगरी जन्मपछिका लागि
उर्जा संकलन गर्न ।
|
Capítulo 44 7 a 8 Meses (28 a 32 Semanas): Discriminação de Sons, Estados Comportamentais
|
| |
| २८ हप्तामा फिटसले छुट्याउन सक्छ
उच्च र निम्न स्तरका ध्वनिहरु ।
|
| ३० हप्तासम्ममा,
श्वास फेर्ने चाल बढी सामान्य हुन्छ
र औसत फिटसमा ३० देखि ४० प्रतिशत
समय यसमा बित्छ ।
|
| गर्भाधानको अन्तिम ४ महिनामा,
फिटसले देखाउँछ संगठित क्रियाकलाप
बीचबीचमा आरामको अवधि लिइ रोकिएर ।
यो व्यावहारिक अवस्थाले
प्रतिबिम्बित गर्छ बढ्दो जटिलता
केन्द्रीय स्नायु प्रणालीको ।
|
Capítulo 45 Os Membros e a Pele
|
| |
| करिब ३२ हप्तासम्ममा,
ट्रयु आल्भेओली,
अथवा वायु "पकेट" कोषहरु
फोक्सोभित्र विकासको क्रम सुरु हुन्छ ।
जन्मेको आठ वर्षम्म पनि
त्यसको निर्माण जारी रहन्छ ।
|
| ३५ हप्तामा फिटसले हातले
कडा रुपमा समात्न सक्छ ।
|
| विभिन्न पदार्थहरुप्रति
फिटलको सर्म्पर्कले
जन्मपछिको स्वादको प्राथमिकतामा
असर पारेको देखिन्छ ।
उदाहरणका लागि, फिटसहरु,
जसको आमाले सोंफ खान्छन्,
एउटा त्यस्तो पदार्थ
जसको भिन्न स्वाद हुन्छ,
ले जन्मपछि पनि सोंफ रुचाएको देखिन्छ ।
फिटल अवस्थामा सोंफको सम्पर्कमा नआएका
नवजातहरुले भने नरुचाएको देखिन्छ ।
|
Capítulo 46 9 Meses até o Nascimento (36 Semanas até o Nascimento)
|
| |
| फिटसले प्रसव उत्पन्न गर्छ
ठूलो संख्यामा इस्ट्रोजिन
नामको रागरस छाडेर
र यसरी सुरु हुन्छ फिटसबाट
नवजात शिशुमा परिवर्तन हुने प्रक्रिया ।
प्रसव पीडा गर्भाशयको
शक्तिशाली खुम्चाइबाट हुन्छ,
परिणामत बच्चाको जन्म हुन्छ ।
|
| निषेचनबाट जन्म र त्यसपछि,
मानव विकास गतिशील,
लगातारको र जटिल हुन्छ ।
यस चाखलाग्दो प्रक्रियाका सम्बन्धमा
नयाँ खोजले
बढ्दो रुपमा देखाइरहेका छन्
फिटलको विकासको महत्वपूर्ण असर
जीवनभरको स्वास्थ्यमा ।
प्रारम्भिक मानव विकासका सम्बन्धमा
हाम्रो बुझाइ बढ्दै जाँदा,
हाम्रो क्षमता पनि बढ्छ
स्वास्थ्य राम्रो बनाउने -
जीवनअघि र पछि दुवै बेलाको ।
|