| |
Um Embrião de 8 Semanas
Capítulo 30 8 Semanas: Desenvolvimento do Cérebro
|
| |
| आठ हप्तामा मस्तिष्क
निकै जटिल भइसकेको हुन्छ
र भ्रुणको कूल वजनको झण्डै
आधा भाग ओगटिसकेको हुन्छ ।
वृद्धि असामान्य दरले जारी रहन्छ ।
|
Capítulo 31 Característica de Destro e Canhoto
|
| |
| आठौं हप्तासम्ममा, ७५ प्रतिशत भ्रुणले
दायाँ हात बढी चलाएको देखिन्छ ।
बाँकी प्रतिशत समान रुपमा विभाजित हुन्छ
बायाँ हातको प्रभुत्व रहने र
कुनै हातको प्रभुत्व नरुचाउनेबीच ।
यो दायाँ वा बाँया हातको प्रभुत्व
देखिने व्यवहारको पहिलो प्रमाण हो ।
|
Capítulo 32 Virar
|
| |
| चिकित्सकीय पुस्तकहरुमा
वर्णन गरिएअनुसार पल्टने क्षमता
जन्मेको १० देखि २० हप्तामा देखिन्छ ।
जबकी यो असामान्य दक्षता
प्रदर्शन हुन्छ धेरै अगाडि
न्युन गुरुत्वाकर्षण भएको वातावरणमा
तरल पदार्थ भरिएको बच्चा बस्ने थैली
एम्नियोटिक स्याकमा ।
मात्र हुँदैन चाहिएको शक्ति
पराजित गर्न
उच्च गुरुत्वाकर्षण शक्तिलाई
जुन पाठेघर बाहिर रहन्छ
यसले नवजात शिशुलाई पल्टनबाट रोक्छ ।
|
| भ्रुण अब शारीरिक रुपमा
बढी सक्रिय हुनथाल्छ
यो अवधिमा ।
चालहरु सुस्त वा तीब्र हुनसक्छन्,
एक पटक वा बारम्बार,
लगातार वा प्रतिबिम्बित ।
टाउको फर्काउने, घाँटीको विस्तार,
र हात र अनुहारको सम्पर्क
अधिकांश समय हुन्छ ।
|
| छुँदा भ्रुणले आँखा खुम्च्याउने
बंगारा चलाउने,
समात्ने चालहरु,
र खुट्टाका औंलाले देखाउने गर्छ ।
|
Capítulo 33 Fusão da Pálpebra
|
| |
| ७ देखि ८ हप्ताको बीचमा,
माथिल्लो र तल्ला परेलाहरु
आँखामाथि तीब्र गतिमा बढ्छन
र आंशिक रुपमा जोडिन्छन् ।
|
Capítulo 34 Movimento de Respiração e Micção
|
| |
| गर्भाशयमा हावा नहुने भए पनि,
भ्रुणले आठ हप्तासम्ममा छिटोछिटो
श्वास फेरेको चाल प्रदर्शन गर्छ ।
|
| यतिबेलासम्ममा,
मृगौलाले पिसाब उत्पादन गर्छ
जुन एम्नियोटिक फ्लुडमा निस्कन्छन् ।
पुरुष भ्रुणमा, विकासोन्मुख अण्डले
टेस्टोस्टेरोन उत्पादन गरी
छाड्न सुरु गर्छ ।
|
Capítulo 35 8 a 9 Meses (32 a 36 Semanas): Formação dos Alvéolos, Segurar com Força, Preferências de Gosto
|
| |
| हड्डी, जोर्नी, मांसपेशी, नसा,
र अवयवका रक्तवाहिनी
वयस्कका झैं हुन्छन् ।
आठौं हप्तासम्ममा
एपिर्डर्मिस, वा बाहिरी त्वचा,
बहुपत्रीय मेम्ब्रेन बनिसकेको हुन्छ,
आफ्नो पारदर्शिता गुमाउँदै ।
अनुहार वरपर रौं देखिएपछि
आँखिभौंहरु बढ्न थाल्छन् ।
|
Capítulo 36 Resumo das Primeiras 8 Semanas
|
| |
| आठ हप्तामा भ्रुणावधि सकिन्छ ।
यो समयमा, मानव भ्रुण
एउटा सिंगो कोषबाट बढेर
झण्डै १ अर्ब कोषहरुमा पुगिसकेको हुन्छ
जसले निर्माण गरेको हुन्छ ४,०००
भन्दा बढी फरक एनाटोमिक ढाँचाहरु ।
भ्रुणमा अहिले रहेको हुन्छ
वयस्कहरुमा पाइने
९० प्रतिशतभन्दा बढी ढाँचाहरु ।
|